प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने  

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बाेधन गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्रीले ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।  

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र  चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने  नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुहुनेछ ।

Facebook Comments