काेरिय विमान दुर्घटनाः जेजु एयरले माफी माग्यो

काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ ।

६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।

साे विमान सवार १८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि एयरलाइन्सका प्रमुख लगायत कर्मचारीहरूले शिर निहुराएर माफी मागेका हुन् ।

साथै जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ । ’

विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ । हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ ।’

साै एअरलाइन्स कम्पनीले दिवंगत परिवारका लागि सहयाेगमा सहकार्य गर्ने जनाएकाे छ ।

दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Facebook Comments