टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु
टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ ।
टर्कीकाे उत्तरपश्चिम बाेलु प्रान्तकाे कार्तालकायामा रहेकाे एक हाेटलमा आगलागी हुँदा ७६ जनाकाे मृत्यु भएकाे र ५० भन्दा बढी घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । होटलमा आगलागी हुँदा २३४ पाहुना रहेकाे र आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलकाे माथिल्लाे तलाबाट हामफालेका थिए ।
आगलागीबाट होटल धुँवैधुँवाले भरिएको र मृत्यु हुनेमध्ये अधिकांशकाे धुँवामा निसास्सिएका कारण मृत्यु भएकाे बताइएकाे छ ।

Facebook Comments

