मौसमः कर्णाली प्रदेशका हिमाली क्षेत्रकाे केही स्थानमा हिमपातकाे संभावना

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ । 

अहिले तराईका धेरै  भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी २४ घण्टामा  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

Facebook Comments