थापाथलीमा मेलम्चीकाे खानेपानीकाे पाइप फुट्याे

थापाथली चोक नजिक खानेपानीकाे पाइप फुटेकाे छ । त्यस क्षेत्रमा रहेका कतिपय घरमा समेत पानी पसेकाे छ ।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल छिर्नेतर्फको सडकमा मेलम्ची खानेपानी आयाेजनाकाे पाइप फुटेर पानी बगेकाे हाे ।

बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढीकै रूप लिएकाे थियाे । यतिबेला मर्मतका लागि टाेली खटिएकाे छ । साे क्षेत्रमा जनजीवन प्रभावित बनेकाे छ भने सवारी आवागमन समेत प्रभावित भएकाे छ ।

यहाँको पाइप के कारणले फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ ।

Facebook Comments