नेपाल र अमेरिका विश्वकप लिग-२ अन्तर्गत खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकावीच खेल हुँदैछ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपाल र अमेरिकावीच खेल हुन लागेकाे हाे । नेपाली टोली यसपालि उच्च लयमा भएकाले आजको खेलमा अमेरिका नेपाली भारी पर्न सक्छ ।

यसअघि राम्राे प्रर्दशन गरेकाे नेपाली टाेलीलाई लिग-२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब छ ।

टी-२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको थियो ।

युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ ।

Facebook Comments