जेनेक्समा गेमिङ प्रतियोगिता हुँदै
पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो ।
नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयाे । प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो हाँसिल गर्नेले १० हजार पाउने छन् ।
गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ । खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गरेर प्रतियोगितामा भाग लिन लागेका छन् ।
जेनेक्स अटोमेसनका सञ्चालक पौडेलले नेपालमा बढ्दो ई–स्पोट्र्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्ने प्रतियोगिता आयोजना गरिएको बताउनुभयाे । उहाँका अनुसार पोखरा र आसपासका युवालाई आधुनिक प्रविधि र गेमिङ प्लेटफर्मसँग जोड्ने लक्ष्य प्रतियाेगिताबाट राखिएकाे छ ।


