गाेरखामा माइक्रो दुर्घटनाः ७ भारतीय नागरिककाे मृत्यु
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ ।
चालक र सहचालक बाहेक मनकामना मन्दिर दर्शनका लागि गएको सबै भारतीय नागरिकहरू लिएर गएकाे ईभी माइक्रो फर्कने बेलामा दुर्घटनामा हाे ।
शनिबार साँझ ७:५५ बजे गोरखा जिल्लाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ । मृत्यु हुनेमा ५ जना पुरूष र २ जना महिला छन् ।
Facebook Comments

