पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाकाे मृत्यु
पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। लु २ ख ४५२५ नम्बरको खाली टिपर शनिबार साँझ ६ बजेतिर दुर्घटनामा परेकाे थियाे ।
माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदीकाे निधन भएकाे हाे ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र चिदिको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उक्त टिपर पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

