एनपीएलः सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुने एउटा मात्र खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दैछन ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् ।

एनपिएलकाे याे तेस्राे संस्करणमा सुदूरपश्चिमकाे दोस्रो खेल तथा पोखराको पहिलो खेल हो । सुदुरपश्चिम साेमबारकाे पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
यस्तै यसअघि मंगलबार भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् ।
मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर तेस्राे संस्करणमा विजयी सुरुआत गरेका हुन् ।
Facebook Comments

