मौसमः लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा […]

सोह्र श्राद्ध शुरु, पक्षभर पितृको सम्झना गरिँदै

आजदेखि सोह्र श्राद्ध  शुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध […]

नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनैपनि काम नगर्ने स्पष्ट गर्नुभएकाे छ । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले […]

सहकारीहरु कानुनसम्मत चलेका छैनन्ः संसदीय छानविन समिति

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गर्नुभयाे । प्रतिवेदन पेसपछि बैठकमा […]

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषदले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उहाँलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुने भएपछि दाेस्राे वरियतामा रहनुभएका […]