साइकलमा टुर दि पोखरा(फोटो फिचर)

साईकलयात्रा मानव स्वास्थ्यका लागि निकै नै उपयोगी मानिन्छ । दैनिक साइकल यात्रा गरेमा मानिस निरोगी बन्न सहयोग पुग्छ ।

बर्न फ्याट नट फ्युल (साइकल चढौं मोटोपन घटाउँ, साईकल चढ्न ईन्धन पनि चाहिँदैन ) भन्ने नारा सहित टुर दि पोखरा आयोजना गरिएको हो ।

शनिबार साईकल सिटी पोखराले “टुर दि पोखरा २०१८“ आयोजना गरेको हो ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल चढौं भन्ने नाराका साथ टुर दि पोखराले कार्यक्रम गर्दै आएको छ ।

पोखरा रंगशालाबाट शुरुभएको साइकल यात्रा विजयपुर, भद्रकालीचोक हुँदै पोखराका विभिन्न स्थान परिक्रमा गरेको थियो ।

तस्वीरः दुर्गा कंडेल फेसबुक

Facebook Comments