प्रेस सेन्टकाे अध्यक्षमा विष्णु सापकाेटा चयन

नेकपा माओवादी केन्द्र निकट पत्रकारकाे संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन हुनुभएकाे छ ।

चितवनमा शनिवार र आइतबार भएको चाैंथाे राष्ट्रिय महाधिवेशनले सपाकाेटालाइ अध्यक्षमा चयन गरेकाे हाे ।

यसअघि महाधिवेशनकाे बन्दसत्रले पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । छलफलका क्रममा अध्यक्षमा भने सापकाेटाकाे नाममा सहमति जुटेकाे हाे ।

अब १८४ जनाकाे केन्द्रीय कमिटी बैठकले अन्य पदाधिकारी चयन गर्ने बताइएकाे छ ।

अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोका (सचिन)कै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । यसअघि अध्यक्षका लागि सापकाेटा, राेकासँगै बलराम थापा, लक्ष्मी पुनकाे समेत दावी थियाे ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना सहित १९९ जनाकाे केन्द्रीय कमिटी रहने प्रावधान छ । जसमध्ये १५ जना भने केन्द्रीय कमिटीले मनाेनित गर्ने छ ।

Facebook Comments