६ सय ६२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पीसीआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी ६ सय ६२ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ । हालसम्म ७ लाख ८४ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ७९ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । कोरोनाका बिरामीमध्ये २ सय ७६ जना आईसीयू र १ सय ४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
Facebook Comments

