नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: प्याराग्लाईडिङ प्रतियोगिता पोखरामै गर्न खेलाडीको माग

पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् ।

मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा भन्दा अनेत्र उक्त प्रतियोगिता संचालन गरे बहिष्कार समेत गर्ने चेतावनी दिएका हुन्।

पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताउनुभयाे ।

उहाँले केही व्यक्तिहरुले स्याङजाको स्वरेकमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर यस खेल संचालन गर्दा जति सक्दो सुरक्षित र प्राबिधिक हिसावले पनि नेटवर्क भएको स्थानमा गर्नु पर्छ भन्ने मान्यता रहेकाे बताउनुभयाे ।

कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अनेत्र उक्त प्रतियोगिता हुदा समयमै खेलाडीहरुको उद्धारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत अर्को समस्या हुने भएको अर्को प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरकाे भनाइ छ ।

पोखरामा ताल माथि, पोखरामा केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अबस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्याराग्लाईडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठुला ठुला पहाड र हावाको चाब बढी हुदा नेटवर्कमा समेत समस्या हुने उद्धारमा ७,८ घण्टा भन्दा बढी समय लाग्ने हुदा पोखराको बिकल्पनमा अनेत्र प्याराग्लाईडिङ प्रतियोगिता हुन कठिन हुने बताउनुभयाे ।

प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले पोखरा भन्दा बाहिर जुन सुकै ठाँउमा लगे पनि अहिलेको अबस्थामा अन्य ठाँउ प्याराग्लाईडिङको उपयुक्त स्थान नहुने दाबी गर्नुभयाे । यदि कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उहाँकाे चुनौती थियाे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्न्तगत खेल मैदान व्यबस्थापन उपसमिति संयोजक एवं राखेपका सदस्य राजेश कुमार गुरुङले कुनै पनि प्रतियोगिता संचालनको लागि सुरक्षा पहिलो प्रथामिकतामा रहने त्यसमा खेलाडीहरुले बिरोध गरेका स्थानमा खेल संचालन गर्न आफुले सिफारिस नगर्ने बताउनुभयाे । उहाँका अनुसार अबको केही समयमा ३६ खेलहरु कहाँ कहाँ हुने त्यसको टुंगो लगाउने अन्तिम तयारी छ ।

Facebook Comments