एमसिसीकाे विराेध गरेकाेमा भीम रावलप्रति प्रधानमन्त्रीकाे आक्राेश
एमसिसी परियोजनाबारे लगातार विराेध गरेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेता भीम रावलप्रति आक्राेश व्यक्त गर्नुभएकाे छ ।
नुवाकाेटमा भएकाे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिला रावल सहभागी मन्त्रीपरिषद्ले नै एमसिसी पास गरेकाे भन्दै अहिले किन विराेध गर्दै हिड्ने भनेर आक्राेश व्यक्त गर्नुभएकाे हाे ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसिसी संसदमा प्रस्ताव गएको र त्यही प्रस्तावलाई अहिले अनुमोदन गरिएको देउवाको भनाइ थियाे । एमसिसीबारे फरकमत भए रावलले त्यतिबेला किन मन्त्री पदबाट राजीनामा गर्नुपर्थ्याे अहिले एमसिसीबारे विरोध गर्नु अस्वभाविक रहेकाे प्रधानमन्त्रीले उल्लेख गर्नुभयाे ।
एमसिसी राष्ट्रको हितमा रहेकाे भन्दै प्रधानमन्त्रीले यसले मुलुककाे विकास निर्माणले फड्को मार्ने दावी गर्नुभयाे ।
Facebook Comments

