२० औं संस्करणकाे आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा

२० औं संस्करण काे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएकाे छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले प्रतियाेगिताकाे आयोजना गर्न लागेकाे हाे ।

प्रतियाेगिता २०७८ साल माघ ०६ गते देखी माघ १५ गते हुनेछ । अखिल नेपाल फुटबल संघबाट आयोजकलाई प्राप्त भएअनुरुप खेल सञ्चालन हुने आयोजकले जनाएकाे छ ।

यस प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कारको धनराशी क्रमशः रु. १० लाख १ हजार र रु. ५ लाख १ हजार रुपैयाँ नगद प्रदान गरिने छ । यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ ।

क्याराभान गोल्ड कप सहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा-१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका सहरा क्लबले जनाएकाे छ ।

यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिकघरना हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । प्रतियाेगिता अवलाेकनका लागि खाेप कार्ड अनिवार्य गरिएकाे छ ।

Facebook Comments