२० औं आहारारा गोल्डकपमा विभागीय टिम एपीएफकाे विजयी शुरूवात
पोखरा रंगशालामा विहीबारदेखि सुरु भएको २० औं आहारारा गोल्डकपमा सशस्त्र प्रहरीकाे विभागीय टिम एपीएफले विजयी शुरूवात गरेकाे छ । आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफले जित निकालेको हाे । एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले समान १-१ गोल गरेका छन् ।
मोफसलकै चर्चित फुटबल प्रतियोगिता आहारारा गोल्डकपको यसवर्षको संस्करण काेराेना संक्रमणका कारणा दर्शकबिना नै भइरहेको छ ।
प्रतियोगिताको दोस्रो खेल शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सरकारले ताेकेकाे मापदण्ड पुरा गरेर प्रतियाेगिता गरिएकाे आयाेजक सहारा क्लबले जनाएकाे छ ।
Facebook Comments

