नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा–२०२२ हुँदै
मन्टेश्वरी एसोसिएसन नेपालले यही वैशाख २३ र २४ गते नेपालअन्तर पूर्व प्राथमिकविद्यालय खेल (निप्स)– २०२२ आयोजना गर्ने भएको छ ।
‘खेल शान्तिकालागि: खेल सबैकालागि‘भन्ने मूलनारासहित सन् २०१८ मा यस संस्थाले पहिलो उपत्यकाव्यापी मन्टेश्वरी तथाप्रिस्कुलहरुमाझअन्तर पूर्व प्राथमिक विद्यालय खेल कार्यक्रमको आयोजना गरेको थियो ।
नेपालअन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा– २०२२ काबारेमा कुराकानी गर्दै मन्टेश्वरी एसोसिएसन नेपालकाअध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकीप्रिन्सिपल सुष्मा सुब्बा लामाले ताफिसा मार्फत् अन्तर्राष्ट्रियस्तरमै प्रचारप्रसार होस् र यस कार्यक्रमले विश्व खेल जगत्मै एउटा नयाँआयामको थालनीहोस् भन्ने हेतुले यस संस्थाले नेपाल क्वानमुकान डो एसोसिएसनमार्फत् धेरै प्रयास र अनुरोधमा ताफिसाको सहमति (प्याट्रोनेज) हासिल गरी निप्सको आयोजना गर्न लागिएको बताउनुभयाे ।
पूर्व मेचीदेखि पश्चिम धनगढी लगायत देशका जम्मा ११ ठाउँमा सो खेलकुद कार्यक्रमको आयोजनागरिनेछ । खेलमा सयभन्दा बढी मन्टेश्वरी तथा प्रि स्कुलहरुलाई संलग्न गराई हजारभन्दा बढी बालबालिकालाई विभिन्न बालसुलभ खेलहरुमा सहभागी गराइने समेत सुब्बाले जानकारी दिनुभयाे ।
कार्यक्रमकाअवसरमा बालमनोविज्ञानलाई मध्यनजर गर्दै प्रत्येक सहभागीलाई टिसर्ट, मेडल र प्रमाणपत्र दिइनेछ ।

