आहा रारा पोखरा गोल्डकपः धरानको विजयी सुरुवात
२२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो ।
प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै धरानकाे जितका लागि निर्णायक गाेल बन्न पुगेकाे हाे । धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन् ।
२२ औं संस्करणको आहा रारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।
Facebook Comments

