संकटा क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा
एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । साविक विजेता रहेकाे एपीएफलाई पराजित गरेकाे संकटा आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पहिलाेपटक पुगेकाे हाे ।
पाेखरामा जारी २२ औं संस्करणकाे यस प्रतियाेगितामा संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले २–२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले एक गोल गरे ।
भोलि (बिहीबार) फाइनल प्रवेशका लागि चर्च युनाइटेड एफसी र भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससी हुनेछ । फाइनल खेल पुस २३ गते शनिबार हुँदैछ ।
Facebook Comments

