एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी
एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्ड विजयी भएको छ।
उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको जित निकालेको हो। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै एक विकेटको क्षतिमा पूरा गरेको हाे ।
न्युजिल्याण्डको जितमा डेभन कनवे र रचिन रविन्द्रले उत्कृष्ट साझेदारीमा कनवेले १२१ बलमा १९ चौका र ३ छक्का प्रहार गर्दै १५२ रन बनाए भने रविन्द्रले ९४ बलमा ११ चौका र ५ छक्कासहित १२३ रन बनाएका थिए ।
यसपटकको उद्घाटन खेलमै साविक विजेतालाई पराजित खर्दै न्युजिल्याण्डले सुखद सुरूवात गरेको छ। विश्वकपमा शुक्रबार पाकिस्तान र नेदरल्याण्ड खेल्दैछन्।
Facebook Comments

