हरिबाेधिनी एकादशी, तुलसीकाे विवाह पर्व मनाइँदै

हिन्दु धर्मावलम्बीहरूले मनाउने विभिन्न चाडहरूमध्ये हरिबोधिनी एकादशी पर्वका रूपमा मनाइँदैछ । हरिबाेधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिने गरिन्छ ।

आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्वका साथ हेर्ने गरिन्छ । हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

आजको दिनमा नदीहरूमा फुलकाे डाेली लगेर तार्ने तथा घरमा विशेष पुजा गर्ने चलन छ । नदि किनारमा भक्तजनहरूकाे पुजाका लागि विशेष घुइँचाे हुने गर्दछ ।

Facebook Comments