सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप हुँदै

नेपाल कराँते महासंघले, सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आगामि मंसिर १२ गते देखि १७ गते सम्म एकेएफ रेफ्री सेमिनार र सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपबारे जानकारी दिएको हो ।

महासंघले नेपालमा २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएको हो ।

‘ नेपालको इतिहासमा २५ वर्षपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो एउटा कराँतेको विकासमा एउटा कोसेढुङ्गा हुनसक्छ । ’ नेपाल कराँते महासंघले भनेको छ ।

च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र  श्रीलंकालगायतका देशहरुको सहभागीता रहने संघले जानकारी दिएको छ ।आयोजकले सबै सहभागीहरूको लागि एक विदाई रात्रिभोज समेत आयोजना गर्ने छ । 

Facebook Comments