आहारारा पोखरा गोल्डकप: अन्तिम सेमिफाइनलमा आर्मी र चर्चब्वाइज भिड्दै
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुन लागेकाे हाे । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । हिजाे भएकाे पहिलाे सेमिफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।
Facebook Comments

