माैसमः देशभर पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहेको जनाएकाे छ ।

त्यस्तै तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

यस्तै, आज राति पनि कोशी, गण्डकी र लुम्बिनि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

Facebook Comments