भारतमा लाेकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक भएकाे छ । चुनावको परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वकाे भाजपाले झड्का बेहाेरेकाे छ ।
मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले लगातार दुई पटक बहुमत ल्याउन सफल भएपनि भाजपाले यसपटक बहुमत गुमाएकाे छ ।
यसपटक मोदी र भाजपा नेताहरूले अपेक्षा गरेविपरीत मत परिणाम आएको हाे ।
भाजपाले ४०० भन्दा बढी सिटमा जित हाँसिल गर्ने र दुइ तिहाइ बहुमत भाजपा नेतृत्वकाे गठबन्धनले जित्ने दावी गरेकाे थियाे । भाजपा नेतृत्वकाे गठबन्धनले जम्मा २९५ सिटमा जित हाँसिल गरेकाे छ । कांग्रेस अाइ नेतृत्वकाे इन्डिया गठबन्धनले २३१ सित र अन्यले १७ सितमा जित हाँसिल गरेका छन् ।
Facebook Comments

