नेपाल काभा महिला नेसन्स लिग भलिबलको फाइनलमा

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएकाे खेलमा इरानलाई ३–० काे सोझो सेटमा पराजित गरेको हो ।

राउन्ड रोविन लिगमा भने नेपाल इरानसँग ३-२ काे सेटले पराजित भएको थियो ।

नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ । भारत सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेर फाइनलमा पुगेकाे हाे ।

Facebook Comments