क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण चयन
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण चयन हुनुभएकाे छ ।
आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।

वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव र हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । हलले ताली पड्काएर अनुमोदन गरेको हाे । साे पार्टीकाे ९ दिनसम्म चलेकाे महाधिबेसनकाे बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था गरेको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।
Facebook Comments

