रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

रौतहटमा भएकाे सवारी दुर्घटनामा ८ जनाकाे मृत्यु भएकाे छ ।

मंगलबार विहान राैतहटकाे चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हाे ।

साे दुर्घटनामा परी बालबालिकासहित ४ जना घाइते भएका छन् । बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेकाे हाे ।

प्रहरीका अनुसार स्कर्पियाे रूखमा ठाेक्किएकाे थियाे । मृतकहरूकाे सनाखत हुन बाँकी छ भने घाइतेहरूकाे नजिकैकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

Facebook Comments