पहिराेमा परी कास्कीमा ११ जनाकाे मृत्यु
कास्कीकाे पाेखरा १९ तल्लाकाेट टारीमा पहिराेमा परी एकै परिवारका ७ जनाकाे मृत्यु भएकाे छ ।

पहिरामा परेर कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
राति १०ः ३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको बताइन्छ ।
कास्की प्रहरीले दिएकाे जानकारी अनुसार गए राती ०२:१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा ऐ. बस्ने बर्ष ४० की आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अबिरल बर्षाको कारण अचानक पछाडीबाट पहिरो आई घर पुरिंदा ३ जनाकाे मृत्यु भएकाे छ ।
ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको थियाे । साे घटनामा आरती ओझाको छोरी बर्ष अं. १८ की अनिता ओझा, अर्की छोरी वर्ष ११ की अनुष्का ओझा तथा निजको दाईको छोरा अं. बर्ष ९ को प्रतिक सुवेदीलाई मृत अवस्थामा फेला पारेकाे प्रहरीले जनाएकाे छ । साे घटनामा घाइते आरती ओझाको पाेखरामा उपचार भइरहेकाे छ ।
कास्कीकै मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले स्थितमा बस्ने बर्ष ८० की माईती कुमारी गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथीबाट पहिरो आई पुरिँदा निजकाे मृत्यु भएकाे र ५५ वर्षीय ओम ब. गुरुङलाई प्रहरी र स्थानीय सहयोगमा सकुशल उद्दार गरेको प्रहरीले जनाएकाे छ ।

