धितोपत्र बोर्डकाे अध्यक्ष नियुक्ति प्रक्रिया पुनः शुरू
नेपाल धितोपत्र बोर्डकाे अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अगाडि बढेकाे छ । बाेर्डकाे अध्यक्षका लागि छनाैट सूचीमा रहेका तीन आवेदकलाई अन्तरवार्तामा बोलाइएको छ । २०८० पुस २० गते यता बाेर्ड अध्यक्ष खाली रहेकाे छ ।

छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको लागि अन्तरवार्तामा बोलाइएको हो ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । तर छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेकाे थियाे ।
साे मुद्दामा अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो।

