निर्माणका लागि मुग्लिन-पोखरा सडक अन्तर्गत छिर्कने देउराली सडकखण्डमा सवारी आवागमन राेकिने

निर्माण कार्यका लागि मुग्लिन-पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा सवारी आवागमन राेकिने भएकाे छ ।

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो। दैनिक २ चरण गरी साढे ४ घण्टा सडक अवरूद्ध गरी सडक निर्माण गर्न लागिएकाे हाे ।

जस अनुसार मंसिर ३ गतेदेखि राति ११ बजेदेखि बिहान १ बजे र बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने छ । सम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ।

Facebook Comments