पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्व चयन हुँदै
शनिबार सम्पन्न मतदानकाे मतगणना आज
पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार सम्पन्न मतदानकाे मतगणना आज हुँदैछ । आईतबार विहान ८ बजेदेखि मतगणना गर्ना लागिएकाे हेा ।
संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नेतृत्व चयनका लागि मतदान भएको थियाे ।संघमा कुल २ हजार ६ सय ७६ जना मतदाता रहेकोमा २ हजार २ सय २७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना आईतबार विहान ८ बजेदेखि गर्ने निर्णय भएको संघका वर्तमान अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिनुभयाे ।
संघको अध्यक्षका कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेल प्रतिष्पर्धामा छन् । पाेखरेल भने अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित हुनुभएकाे थियाे ।
संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचाय, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।
संघको उपमहासचिवमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा छन् ।
संघको खुल्ला १० सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार छन् । त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), विष्णुप्रसाद तिमिल्सिना, प्रदीप राजभण्डारी, बिनोद केसी चुनावी मैदानमा छन् ।


