स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गाेली प्रहार, अवस्था गम्भीर
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर गम्भीर घाइते भएपछि फिकोकाे उपचार भइरहेकाे र अवस्था गम्भीर रहेकाे त्यहाँकाे सरकारका प्रतिनिधिले उल्लेख गरेका छन् ।

फिकोमाथि गाेली प्रहारकाे घटना घृणायुक्त र अक्षम्य अपराध भएकाे स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाकाे भनाइ छ । उहाँले प्रजातन्त्रमाथिकै प्रहार भएकाे उल्लेख गर्नुभएकाे छ ।
राजधानी ब्रातिस्लावामा एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको त्यहाँका रक्षामन्त्री राेवर्ट कालिनाकले जानकारी दिनुभएकाे छ ।
गोली हानेको आशंकामा ७१ बर्षका एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिकाे बारेमा केही नबताइए पनि निज एक लेखक सरकार र राजनीतिप्रति विमति राख्ने गरेकाे बताइन्छ ।
फिकोले गत सेप्टेम्बरमा भएको आम चुनावपछि सरकारकाे नेतृत्व सम्हाल्नुभएकाे थियाे ।

