राष्ट्रपति पौडेलद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको शुभकामना दिनुभएकाे छ ।

दिवसका अवसरमा आज बिहान शुभकामना वक्तव्य जारी गरी राष्ट्रपति पाैडेलले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएकाे हाे ।

शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएकाे छ ।

उहाँले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको राष्ट्रपतिकाे सन्देशमा उल्लेख छ ।

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शुभकामना दिनुभएकाे छ ।

उपराष्ट्रपति यादवले पनि शुभकामना दिंदै संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभउकाे छ । संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुनेमा उहाँको जोड छ ।

Facebook Comments