साफ महिला च्याम्पियनसिपमा नेपालकाे सानदार जित

काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ।

सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११-० गोलको जित निकालेकाे हाे । नेपालको जितमा रेखा पौडेल एक्लैले पाँच गोल तथा प्रिति राईकाे ह्याट्रिक महत्वपूर्ण रह्याे । पाैडेलले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्।

त्यस्तै राईले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न सफल भएकी थिइन्।

यस्तै सविता राना मगरले २८ मिनेट, अनिता केसीले ६८ मिनेट र अमिषा कार्कीले ८८ मिनेटमा गोल गरे।

एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।

जितसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले दुई खेलबाट चार अंक जोडेको छ।

Facebook Comments