कांग्रेस महासमिति बैठकः चार प्रस्ताव सर्वसम्मत पारित

नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकले चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

महासमितिमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो ।

बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई बिहीबार सर्वसम्मतिले पारित गरेको छ ।

महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन बैठकमा गर्नुभएपछि महासमिति सदस्यहरुले ताली बजाएर पारित गरेका थिए । साे अवसरमा बाेल्दै थापाले काम गर्न नसक्नेले सरकार या पार्टीमा जिम्मेवारी छाड्नुपर्ने बताउनुभएकाे थियाे ।

Facebook Comments