माओवादी केन्द्र बाढीपहिराे पीडितका लागि सहयाेग संकलन गर्दै

बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय राहत काेषमा बाढीपहिराे तथा विपद् पीडितहरूका लागि सहयाेग संकलन गर्न थालेकाे छ । साे पार्टी निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद दिनुभयाे ।

त्यस्तै साेही काेषमा नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ ।

समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेका थिए ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिनुभएकाे थियाे ।

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्ने कार्यक्रम बनाइएको बताउनुभयाे ।

Facebook Comments