अर्जुनको शतकीय प्रदर्शनीसँगै कास्की सेमीफाइनलमा प्रवेश
पोखरामा जारी कास्की जिल्ला स्तरिय अन्तर क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा अर्जुन कुमालको शतकीय प्रदर्शनीसँग कास्की सेमीफाइनलमा प्रवेश गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा समुह वि तर्फ कास्की क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई एस सय २२ रनले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सहयोग गरेको छ । उक्त प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेटका लागि जिल्ला छनोटको रु पमा समेत रहेको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिनुभयाे । भोलिको खेल समुह सि तर्फ अरण्याज्योती विरुद्ध राइजिब क्रिकेट क्लब वीच हुनेछ ।
Facebook Comments

