आहारारा पोखरा गोल्डकपः जावलाखेल युथ क्लब क्वार्टरफाइनलमा प्रवेश
मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र एक दशकपछि आहारारामा फर्किएको जावलाखेलसँग पराजित भएकाे हाे । पाेखरा रंगशालामा विहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० ले पराजित गरेको हो ।

केही समयअघि राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका विशाल श्रेष्ठले मछिन्द्रको कप्तानी सम्हालेका थिए ।
मछिन्द्रको कप्तान समेत रहेका गोल रक्षक विशाल श्रेष्ठ पाेष्टबाट अगाडि बढ्दा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा आरामले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
अब प्रिक्वार्टरफाइनल चौथो खेल भोलि शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच हुनेछ ।
Facebook Comments

