मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा
नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ ।
गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ ।
समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् ।
सदस्यहरुमा पूर्वसचिव लक्ष्मण तिमिल्सिना, सदस्य माधव खतिवडा, सागर अधिकारी र करण कपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताउनुभयो ।
पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र सदस्य रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको हो । शनिबार नै सन्ध्याको २ सय ४८ औं नियमित गजल वाचनसमेत भएको थियो ।

