इजरायल र हिजबुल्लाह समूहवीच युद्धविराम
इजरायल र लेबनानकाे हिजबुल्लाह समूहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।
अमेरिका र फ्रान्सकाे मध्यस्ततामा भएकाे वार्तामा युद्धविरामका लागि दुवै पक्ष सहमत भएकाे बताइएकाे छ । सहमति अनुसार मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ ।
सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ ।
इजरायल र गाजा तथा लेबनानमा भएको युद्धकाे क्रममा हजाराैंकाे ज्यान गएकाे थियाे भने लाखाैं विस्थापित छन् । कयाैंकाे अंगभंग भएकाे छ ।
Facebook Comments

