कोशी, बागमती  र गण्डकीका केही स्थानमा हल्का वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले काेशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा हुने जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यका सहित देशैभरको तापक्रम निरन्तर घट्नुका साथै चिसाे बढेकाे छ ।

Facebook Comments