मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै

सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ ।

त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाउनुभएकाे छ ।

सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ । 

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

सरकारका काम कार्वाही प्रभावकारी बनाउन उहाँले मन्त्री तथा मन्त्रालयले सचिवहरूसँग कार्य सम्पादन सम्झाैता गर्नुभएकाे थियाे ।

Facebook Comments