सुख्खा याममा लाेडसेडिङ हुनसक्छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खायाममा लाेडसेडिङ हुनसक्ने संकेत गर्नुभएकाे छ । करिव ३५ सय मेगावाटको हाराहारीमा बिद्युत उत्पादन भइरहेपनि सुख्खायाममा भने लाेडसेडिङ हुनसक्ने उहाँकाे भनाइ छ ।
यद्यपि उहाँले नेपालका हरेक ठाउँमा लगभग विद्युत पुगिसकेको बताउनुभयाे ।
शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताउनुभयाे ।
उहाँले भने, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौं। पहिला लोडसेडिङको अवस्था थियो । अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौं । हरेक गाउँगाउँमा विद्युत पुगिसकेको अवस्था छ । केही विकट ठाउँहरुमा पुग्न बाँकी छ ।’
यसैगरी उनले अहिले उत्पादित भइरहेको विजुली करिव करिव ३५ सय मेगावाटको हाराहारीमा रहेको बताउनुभयाे । उनले ३५ सय मेगावाटको हाराहारीमा विजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताउनुभयाे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताउँदै उहाँले डायस्पोराका नेपालीहरुले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयाे ।
नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताउनुभयाे ।
त्यस्तै जलवायू परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए ।

