प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ ।
त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरुसँग जानकारी लिने बताइएकाे छ ।
गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क जानुभएकाे थियाे ।
ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएकाे थियाे । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गर्नुभएकाे थियाे ।
Facebook Comments

