प्रशासकीय भवन बनाउने तयारीमा छौँः नगरप्रमुख आचार्य

पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको प्रशासकीय भवन बनाउने तयारीमा लागेकाे बताउनुभएकाे छ ।

पोखरा न्यूरोडस्थित वडा नं ८ को नवनिर्मित सुविधासम्पन्न कार्यालय भवन शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले यस्तो जानकारी दिनुभएकाे हाे ।

वहाँका अनुसार २ अर्व रूपैयाँकाे लागतमा प्रशासकीय भवन बनाउने तयारी भइरहेकाे छ । भवन निर्माणका लागि स्रोतको खोजी भइरहेको र सरकारका अर्थमन्त्रीसँग पनि कुरा भइरहेको आचार्यले उहाँकाे भनाइ छ ।

उहाँका अनुसार उच्च अदालत पोखराको अगाडि ४० रोपनी जग्गामा महानगरको प्रशासकीय भवन बनाउने तयारी छ ।

वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माणले प्रशासनिक कार्यलाई चुस्त बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा दिन मद्दत गर्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयाे । स्थानीय सरकारको प्रभावकारिता जनता माँझ अझै मजबुत बनाउने लक्ष्यसहित भवन निर्माण गरिएको उहाँकाे भनाइ छ ।

पोखरा–८ का वडाध्यक्ष रूद्रनाथ बरालले वडा कार्यालय पोखराकै मुटु भएको बताउनुभयाे । उहाँले १५ आनाको जग्गामा महानगरको ४० र तत्कालीन जिल्ला विकास समितिको ६० प्रतिशत बजेटबाट वडाभवन निर्माण गरिएको जानकारी दिनुभयाे ।


Facebook Comments