एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

दाेस्राे संस्करणकाे एनपिएल अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

त्यस्तै अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

दुवै टिम प्लेअफमा पुग्ने संभावनामा कायमै छन् । जारी संस्करणमा अंकतालिकामा पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेमा गणितीय हिसाबले प्लेअफमा पुग्ने संभावना कायम राख्नेछ ।

चार खेलबाट दुई खेल जितेको चितवन राइनोजले याे खेल जितेमा प्लेअफको सम्भावना थप बलियो बनाउनेछ ।

अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ। दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्वपूर्ण छ। चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।

Facebook Comments