इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ विजेता !

रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किंग्सवीच इन्डियन प्रिमियर लिग (आईपीएल)काे फाइनल खेल मंगलबार हुँदैछ ।

आईपीएलकाे उपाधि जुन टाेलीले जितेपनि पहिलाे पटक चुम्नेछन् । प्रतियोगिताको फाइनल मंगलबार १ लाख २० हजार दर्शक क्षमता रहेकाे विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा हुँदै छ ।

सन् २००८ देखि सुरु आईपीएलको उपाधि अहिलेसम्म यी दुवै टिमले जित्न सकेको छैन । पन्जाबले दोस्रो क्वालिफायरमा पाँचपल्टको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

विश्व क्रिकेटकै सबैभन्दा धनी प्रतियोगितामा बेंगलुरु फाइनल पुगेको यो चौथोपल्ट हो । तर, यसअघिको तीनै फाइनलमा बेंगलुरु उपाधि चुम्न असफल रहेको टिम हाे ।

बेंगलरूमा क्रिकेटका स्टार खेलाडी विराट काेहली रहेका छन् । कोहली यस सिजन बेंगलुरुका प्रमुख ब्याटर छन् ।

पन्जाब टिमका बलर प्रशिक्षक हुन्, जेम्स होप्स । उनी मान्छन्, पहिलो क्वालिफायरको हारपछि आफ्नो टिम मानसिक रूपमा बलियो सावित हुँदै बेंगलुरुको सामना गर्नेछ ।

Facebook Comments